२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ४:१७ पूर्वाह्न
खेल

पीएम कपः मधेशविरुद्ध कर्णालीको एतिहासिक जित, एपीएफले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको पछिल्लो खेलमा कर्णाली प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।

एक्स्ट्रा टेक ओभलमा भएको खेलमा कर्णालीले मधेश प्रदेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पारेको हो । पीएम कपमा यो नै मधेशविरुद्ध कर्णालीले निकालेको पहिलो जित हो ।

अघिल्लो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराएर हौसिएको मधेश २ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा ३५.२ ओभरमा १ सय ३९ रनमा समेटियो ।

मधेशका लागि रुपेश सिंहले सर्वाधिक ३० रन जोडे ।  कर्णालीका लागि दिनेश अधिकारीले ४, दीपेन्द्र रावतले ३ तथा प्रकास जैसीले २ विकेट लिए । 

पहिला ब्याटिङ गरेको कर्णालीले भने ४९.१ ओभरमा अलआउट हुँदै २ सय २० रनमा अलआउट भएको थियो ।  कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडे ।  मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान २ विकेट लिए ।

कर्णालीको ७ खेलबाट ८ अंक भएको छ र शीर्ष चारमा रहने सम्भावनालाई कायमै राखेको छ । मधेशको ६ खेलमा ४ अंकमा छ । 

शुक्रबार नै भएको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो । १ सय ९२ रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे ।

यो पनि पढ्नुहोस्

पीएम कपः त्रिभुवन आर्मीको छैठौं जित, शाहब आलमले लिए पाँच विकेट

सुदूरपश्चिमका लागि विकास आग्री, शेर मल्ल र नारायण जोशीले समान २ विकेट लिए । 

यसअघि सिद्धार्थ क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल तयार पारेको थियो । 

सुदूरपश्चिमका लागि निश्चल खत्रीले ५७ रन बनाए । प्रकाश पाण्डेले ४२ रन जोडे ।एपीएफका लागि कप्तान रोहित पौडेल र अमरसिंह राउटेलाले समान ३ र भुवन कार्कीले २ विकेट लिए ।

एपीएफ ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम ७ खेलमा ४ अंकमा छ ।

प्रकाशित: ८ चैत्र २०८१ १८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App