२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ४:४३ पूर्वाह्न
खेल

पीएम कपः आर्मीको अपराजित यात्रामा पूर्णबिराम, मधेश प्रदेश ३ विकेटले विजयी

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा  पहिलो हार भोगेको छ । आफ्नो छैठौं खेलमा आर्मी मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको हो । मधेशको भने पाँचौ खेलमा दोस्रो जित हो ।

दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गर्‍यो । 

उसको जितमा क्याप्टेन अनिलकुमार साहले ४५, हरिशंकर साहले ३८ र पवन सर्राफले  ३६ रनको योगदान गरे । मात्र २० बल खेलेका रुपेश सिंह ३८ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको थियो । 

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । 

मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।

आर्मी खेले ६ खेलबाट १० अंक छ । मधेशले पाँच खेलबाट ४ अंक बनाएको छ । 

प्रकाशित: ६ चैत्र २०८१ १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App