५ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:२५ पूर्वाह्न
खेल

पीएम कप : आज तीन खेल हुँदै

जारी पीएम कपमा आज तीन खेल हुँदै छन्। आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ।

देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ खेलमा ३ जित र एक हार व्यहोरेको छ भने मधेश प्रदेशले ३ खेलमा एक जित र २ हार व्यहोरेको छ।

त्यस्तै आज अर्को खेल सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच हुँदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा सुदूरपश्चिमले ४ खेलमा एक जित र ३ हार व्यहोरेको छ भने नेपाल पुलिस क्लब चार खेलमा अपराजित रहदै शीर्ष स्थानमा रहेको छ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा एपीएफ क्लबले ४ खेलमा ३ जित र एक हार व्यहोरेको छ भने आर्मी क्लब आफ्ना चार खेलमा अपराजित रहेको छ।

प्रकाशित: ४ चैत्र २०८१ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App