३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:४८ अपराह्न
खेल

पीएम कपमा आज तीन खेल हुँदै

जारी पीएम कपमा आज तीन खेल हुँदै छन्। आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुँदै छ।

देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेल खेलेको छ। जसमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुँदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

त्यस्तै आज अर्को खेल कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै छ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ।

जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ।

प्रकाशित: ३ चैत्र २०८१ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App