जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजेदेखि सुरु हुने छ।
यस सिरिजमा नेपालले ६ खेलेको थियो। जसमा २ खेलमा जितेको छ भने ४ खेलमा हार व्यहोरेको थियो।
नेपालले नामिबियासँगका दुवै खेलमा हार व्यहोरेको थियो भने हङकङ र युगाण्डासँग एक-एक खेलमा हार व्यहोरेको थियो। नेपालले आयोजक युगाण्डा र हङकङलाई एक-एक खेलमा पराजित गरेको थियो।
अब तेस्रो स्थानका लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन्। त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन्।
प्रकाशित: ३ चैत्र २०८१ ०७:०७ आइतबार