युगान्डामा जारी वुमेन्स टी-२० क्वाड्रान्गुलर सिरिजमा हङकङले नेपालसामु १०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०० रनको योगफल तयार पारेको हो ।
हङकङका लागि नतासा माइल्सले सर्वाधिक ३५ र मारिको हिल्सले २१ रन बनाइन् ।
नेपालका लागि क्याप्टेन इन्दु बर्माले आफ्नो स्पेलमा १५ रन खर्चेर २ विकेट लिइन् । उनले १९औं ओभरमा मेडनसहित दुई विकेट लिएकी हुन् ।
इश्वरी विष्टले २ विकेट लिँदा पूजा महतो र रचना चौधरीको नाममा समान एक विकेट रह्यो ।
जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणमा शीर्ष दुईमा रहने टोलीले फाइनल हुनेछ ।
नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेपनि रनरेटमा पछि रहेकोले हङकङ चौथो स्थानमा छ ।
प्रकाशित: २६ फाल्गुन २०८१ १८:४४ सोमबार





