२४ माघ २०८२ शनिबार
image/svg+xml
खेल

आज नेपालले हङकङविरुद्ध खेल्दै

वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले आज हङकङको सामना गर्दै छ।

नेपाली समय अनुसार यो खेल दिउँसो ४:४५ बजेदेखि सुरु हुने छ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ।

नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।

जारी सिरिजमा नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी छन्।     

प्रकाशित: २६ फाल्गुन २०८१ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App