२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा मंगलबार भएको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान सुरक्षित गरेको छ।

भारतका लागि ‘चेज मास्टर’ विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेलेर टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निभाए।

कोहलीले रनचेजमा तीन ठूला साझेदारी गरे। उनले श्रेयस ऐयरसँग ९१, अक्षर पटेलसँग ४४ र केएल राहुलसँग ४७ रनको साझेदारी गर्दै लक्ष्य पछ्याउन सहज बनाए। खेलको अन्त्यतिर हार्दिक पाण्ड्याले आक्रामक २८ रन प्रहार गर्दै भारतलाई जित दिलाए।

त्यसअघि, अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३ तथा एलेक्स केरीले ६१ रन बनाए।

भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई अलआउट गर्न सफल भए। मोहम्मद शमीले ३ विकेट लिँदा, रवीन्द्र जडेजा र वरुण चक्रवर्तीले २-२ विकेट लिए।

प्रकाशित: २० फाल्गुन २०८१ २१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App