३ चैत्र २०८१ आइतबार
image/svg+xml २०:१७ अपराह्न
खेल

च्याम्पियन्स ट्रफी : भारतलाई अस्ट्रेलियाले दियो २६५ रनको लक्ष्य

आइसिसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतसामु २६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रनको योगफल तयार पारेको हो ।  

अस्ट्रेलियाका लागि क्याप्टेन स्टेभन स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स केरी ६१ रनमा रनआउट हुँदा ट्रेभिस हेडले ३९ र मार्नुस लाबुस्चेनले २९ रन बनाए ।  

बलिङमा मोहमद सामीले ३, भरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ तथा अक्षर पटेल र हार्दिक पाण्डेयले समान एक विकेट लिए ।  

आजको खेलको विजेताले बुधबार हुने साउथ अफ्रिका र न्युजिल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित: २० फाल्गुन २०८१ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App