२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

जारी आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ। पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि सुरु हुँदैछ।

भारत समूह ए को विजेताको रूपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समूह बि को उपविजेताको रूपमा। प्रतियोगितामा दुवै समूह अपराजित रहँदै यहाँसम्म आइपुगेका हुन्।

त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदैछ। आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ।

प्रकाशित: २० फाल्गुन २०८१ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App