३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:२७ अपराह्न
खेल

इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्यो दक्षिण अफ्रिका

दक्षिण अफ्रिका आइसीसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा पुगेको छ। शनिबार समूह बी को अन्तिम खेलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो। 

पाकिस्तानको कराँचीमा इङ्ग्ल्याण्डले पहिले ब्याटिङ गर्दै १८० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले ३० ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। खेलमा रस्सी भ्यान डर डुसेन र हेनरिक क्लासेनले अर्धशतक बनाए। मार्को जानसेन र वेन मुल्डरले ३–३ विकेट लिए।

त्यस्तै, इङ्ग्ल्याण्डका जोफ्रा आर्चरले २ विकेट र जो रुटले ३७ रन बनाए। टस हारेपछि पहिले बलिङ गरेको दक्षिण अफ्रिकाले जानसेनको उत्कृष्ट प्रदर्शनमा इङ्ग्ल्याण्डलाई दबाबमा राख्यो। उनले फिल साल्ट, बेन डकेट र जेमी स्मिथलाई आउट गरे र महत्त्वपूर्ण क्याच पनि लिए। उनले प्लेयर अफ द म्याच जितेका छन्।

प्रकाशित: १८ फाल्गुन २०८१ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App