३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:१७ अपराह्न
खेल

आइसीसी च्याम्पियन्स ट्रफी : भारत र न्युजिल्याण्डबीच निर्णायक खेल

आइसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणको अन्तिम खेल आइतबार (आज) भारत र न्युजिल्याण्डबीच हुँदैछ। 

दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन्। विजेताले समूहको शीर्ष स्थान हासिल गरी अष्ट्रेलियासँग खेल्नुपर्नेछ। 

त्यस्तै हार्ने टोलीले दक्षिण अफ्रिकासँग सेमिफाइनल खेल्नेछ। भारतले बंगलादेश र पाकिस्तानलाई हराएको छ। न्युजिल्याण्डले पनि पाकिस्तान र बंगलादेशलाई पराजित गरिसकेको छ। 

यी दुई टोली च्याम्पियन्स ट्रफीमा दोस्रो पटक भिड्दै छन्। सन् २००० मा न्युजिल्याण्डले भारतलाई फाइनलमा हराएर उपाधि जितेको थियो। दुबईमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ देखि सुरु हुनेछ। 

प्रकाशित: १८ फाल्गुन २०८१ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App