३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:१७ अपराह्न
खेल

च्याम्पियन्स ट्रफी : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य

आइसिसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले अस्ट्रेलियासामु २७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पाकिस्तानको लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा २७३ रनमा अलआउट भएको हो । 

अफगानिस्तानका लागि सेदिकुल्लाह अतलले ८५ र अज्मतुल्लाह ओमरजाईले ६७ रन बनाए । इब्राहिम जर्दानले २२ रन बनाउँदा अस्ट्रेलियन बलरले ३७ रन अतिरिक्त दिएका थिए ।  

कंगारु टोलीका लागि बेन ड्रसहुइसले ३, स्पेन्सर जोन्सन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेल र नाथन एलिजले समान एक विकेट लिए ।  

विजेता टोलीले सेमिफाइलनमा स्थान बनाउनेछ । अस्ट्रेलिया पराजित भए समूह बीबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो शनिबार हुने साउथ अफ्रिका र इंल्यान्डबीचको खेलको नजिताले लगाउनेछ । अस्ट्रेलियाको जितले भने एक खेल अगावै साउथ अफ्रिकाले पनि सेमिफाइनल यात्रा तय गर्नेछ ।  

साउथ अफ्रिका र अस्ट्रेलियाको समान ३, अफगानिस्तानको २ अंक छ । इंल्यान्ड अंकविहीन छ ।   

प्रकाशित: १६ फाल्गुन २०८१ १८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App