१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

झापा- ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा-११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा-११ ले अब उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्ससँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ । 

भद्रपुरस्थित मेची रंगशालामा बुधबार भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछिको इन्ज्युरी समयमा झापा-११ ले ३–१ ले बाजी मारेको हो ।

झापाको जितमा एरोन थापा, रोहन कार्की र हरिबहादुर आले मगरले गोल गरे । भुटानका लागि सुरज रसाइलीले सान्त्वना गोल फर्काए ।

प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

प्रकाशित: १४ फाल्गुन २०८१ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App