३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:२७ अपराह्न
खेल

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया र साउथ अफ्रिका बीचको खेलमा वर्षा बाधक

आइसिसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया र साउथ अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

पाकिस्तानको रावलपिण्डीमा भारी वर्षा भएपछि खेल टससमेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । समूह 'बी'मा रहेको यी दुवै टोलीको समान ३ अंक भएको छ । यद्यपि रनरेटमा साउथ अफ्रिका शीर्ष स्थानमा छ ।

समूह 'बी'कै खेलमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच खेल हुनेछ । यी दुईबीचको खेलको विजेताले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ । 

आ-आफ्नो पहिलो खेलमा इंल्यान्ड अस्ट्रेलियासँग र अफगानिस्तान साउथ अफ्रिकासँग पराजित भएका थिए । 

समूह 'ए'बाट भने न्युजिल्यान्ड र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आयोजक पाकिस्तान र बंगलादेश लगातार दोस्रो हार बेहोर्दै लिग चरणमै रोकिएका छन् ।

प्रकाशित: १३ फाल्गुन २०८१ १९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App