भारत र इङ्ग्ल्याण्डबीचको तेस्रो एकदिवसीय खेल बुधबार गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी रंगशालामा सुरू भएकाे छ।
तीन खेलको यो शृङ्खला भारतले जितिसकेकाे छ। भारतीय टोली २-० ले अगाडि छ।
तेस्राे खेलमा इङ्ग्ल्याण्डले टस जितेर पहिले बलिङ रोजेको छ।
भारतीय टिममा कप्तान रोहित शर्मासँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, अक्षर पटेल, केएल राहुल, वाशिंगटन सुन्दर, हर्षित राणा, कुलदीप यादव र अर्शदीप सिंह छन्।
इङ्ल्यान्डको टिममा कप्तान जोस बटलरसहित बेन डकेट, फिल साल्ट, जो रुट, ह्यारी ब्रुक, टम बेन्टन, लियाम लिभिङस्टोन, गस एटकिन्सन, आदिल रशिद, मार्क वुड र साकिब महमूद खेल्दैछन्।
प्रकाशित: ३० माघ २०८१ १४:०२ बुधबार