३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:३५ अपराह्न
खेल

आहा! रारा गोल्डकप : चर्च ब्वाईज क्वार्टरफाइनलमा, एनआरटी सडन डेथमा पराजित

फाइल तस्बिर

चर्च ब्वाईज युनाइटेड आहा! रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाइज अन्तिम आठमा प्रवेश गरेको हो ।

निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरको निर्धारित ५ प्रहार पनि ४-४ को बराबरीमा सकिएपछि सडन डेथमा गएको थियो । कुन १८ पेनाल्टी प्रहार भएकोमा एनआरटीका माइकल मगर गोल गर्न चुकेपछि सडन डेथमा चर्च ब्वाईज ६-५ ले विजयी भएको थियो ।

यसअघि निर्धारित ९० मिनेटको २५औं मिनेटमा रिचार्ड विल्सनको गोलबाट एनआरटीले अग्रता बनाएको थियो । तर ६३ औं मिनेटमा नविन लामाले चर्च ब्वाइजका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

क्वार्टरफाइलमा अब चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछन् ।

गोल्डकपमा शुक्रबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र संकटा एफसीबीच खेल हुनेछ ।

प्रकाशित: २४ माघ २०८१ १७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App