३० माघ २०८१ बुधबार
image/svg+xml
खेल

कुङ्फुमा भूपेन्द्रलाई दुई स्वर्ण

नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा भएको ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जितेका छन्। अमेरिकाको एट्लान्टिक सिटीमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा दुई स्वर्ण पदक जितेका हुन्। 

उनले कुङ्फु फम्र्सको छान् छ्वान् र म्युजिकल फम्र्सको ताइचीमा स्वर्ण जिते। यस प्रतियोगितामा नेपालसहित क्यानाडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बाङ्लादेश, भारत, क्युबा र अमेरिकाका कुल २० मार्सल आर्ट्स स्कुलका करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गरेको टिम व्यवस्थापकमा मनित गुरुङले जानकारी दिए। नोभेम्बरयता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। 

यसअघि उनले १५औं गोल्डेन ड्रागन च्याम्पियनसिपको दुई स्पर्धामा २ पदक जितेका थिए। छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान एक स्वर्ण र रजत गरी दुई पदक जितेका थिए। त्यसअघि भूपेन्द्रले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका छन्। 

सन् २०१८ मा जर्मनीमा सम्पन्न विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा सम्पन्न सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा सम्पन्न युरोपियन च्याम्पियनसिपमा पनि उनी स्वर्ण विजेता हुन्। भूपेन्द्र नेपाल उमा कुङ्फु संघका उपाध्यक्ष पनि हुन्।

प्रकाशित: २२ माघ २०८१ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App