आज (शुक्रबार) पहिलो फ्रेन्चाइज नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्स खेल्नेछन्।
फाइनल त्रिपुरेश्वरको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुनेछ, गायिका त्रिशला गुरुङले प्रस्तुति दिनेछिन्।
जनकपुर नाइट्स अपराजित रही फाइनलमा पुगेको छ, जबकि काठमाडौंले क्वालिफायर २ मा विराटनगरलाई हराएर फाइनलमा स्थान बनायो।
प्रकाशित: १८ माघ २०८१ ०९:५१ शुक्रबार