९ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml ५:४८ पूर्वाह्न
खेल

हिसान स्पोर्टस मिट: भलिबलमा विश्व र धरान आदर्शलाई उपाधि

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि छात्र तर्फ इटहरीको विश्व आदर्श र छात्रातर्फ धरान आदर्शले जितेको छ।

इटहरीको तरहरा स्थित पूर्वाञ्चल कलेजको कोर्टमा सम्पन्न फाइनल खेलमा छात्र तर्फको विश्व आदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो।

पहिलो सेट ३०–२८ ले जितेको विश्व आदर्शले दोस्रो सेट २२–२५ ले हारेको थियो। तेस्रो सेट २८–२६ ले जितेको विश्व आदर्शले चौथो सेटमा २५–२३ को पुनरागमन जित हात पार्दै उपाधि जितेको हो। गत वर्ष पनि विश्व आदर्शले उपाधिमाथि कब्जा जमाएको थियो। 

यस्तै, छात्रातर्फ धरान आदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटलेनै पराजित गरेको छ। पहिलो सेट २५–२० ले हारेको धरान आदर्शले त्यसपछि २८–२६, २९–२७ र ३०–२८ को लगातार जित हात पार्दै च्याम्पियन बनेको हो।

यसैगरी, हिसान स्पोर्टस मिट अन्तर्गत अन्तर विद्यालय फुटबल प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै सुष्मा कलेज र पूर्वाञ्चल कलेज उपाधि नजिक पुगेका छन्।

पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चलले प्रिमियर कलेजलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

दोस्रो सेमिफाइनलमा सुष्मा कलेजले विश्व आदर्शलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। फाइनल खेल शुक्रबार हुने प्रतियोगिता संयोजक एवं एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले जानकारी दिए।

यसैबीच, क्रिकेट प्रतियोगिता अन्तर्गत विश्व आदर्श कलेज उपाधि नजिक पुगेको छ। विश्व आदर्शले पूर्वाञ्चल कलेजलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

बिहीबार हुने भनिएको अर्को सेमिफाइनल खेल स्थगित भएको छ। स्मल हेभन कलेज र कस्तूरी कलेजबीच हुने भनिएको सेमिफाइनल खेलमा प्रोटेस्ट परेकाले शुक्रबारसम्मको लागि स्थगित गरिएको हो।

प्रकाशित: १७ माघ २०८१ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App