११ माघ २०८१ शुक्रबार
image/svg+xml
खेल

अर्घाखाँचीमा पहिलो पटक जिल्लास्तरीय ‘डोरी तान’ प्रतियोगिता

अर्घाखाँचीमा पहिलो पटक आधिकारिक ‘डोरी तान’ प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला डोरी तान संघले आयोजना गरेको प्रतियोगितामा फलाम खिल्ली यूथ स्पोट्स क्लब प्रथम भएको छ।

कुल ११ टिमले भाग लिएकामा मालारानी गाउँ कार्यपालिकाको टोली द्वितीय भएको छ भने भुमिकास्थान ५ र ६ का युवा टोली तृतीय भए। यस्तै मालारानी ८ को टिमले सान्त्वना हासिल गरेको छ।

प्रथम हुने टिमले नगद १५ हजार रुपैंयासहित प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै द्वितीय टिमले नगद १० हजार रुपैंया र प्रमाणपत्र, तृतीय हुनेले नगद ५ हजार रुपैंया र प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने टिमले प्रमाणपत्र मात्र पाए।

अर्घाखाँचीमा विसं. २०८० सालमा विष्णु परियारको संयोजकत्वमा जिल्ला डोरी तान संघ गठन भएको थियो। एक दशक अघिसम्म विद्यालय स्तरीय प्रतियोगिता हुने गरेपनि डोरी तान संघ गठन भएपछिको यो जिल्लास्तरीय पहिलो प्रतियोगिता भएको आयोजकले जनाएको छ।

प्रकाशित: १० माघ २०८१ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App