२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

सभापति कप फुटबल आजदेखि

सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा सहभागी आठमध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। खेलअघि पत्रकार सम्मेलनमा उनीहरूले सो दाबेदारी प्रस्तुत गरेका हुन्। आज उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्दै छन्।

संकटाका टिम अफिसियल राजुमान तुलाधारले युवा खेलाडीसहित टोलीले राम्रो तयारी गरेको र टिम च्याम्पियन हुने लक्ष्य रहेको बताए। चर्च ब्वाइजका टिम अफिसियल लबिस राईले यस सिजन चर्च ब्वाइजले मोफसलमा राम्रो गरिरहेको उल्लेख गर्दै टिम राम्रो नै  रहेको बताए।

मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले करिब एक महिनादेखि मोफसलका प्रतियोगिताहरू खेलिरहेको उल्लेख गर्दै सभापति कप जित्ने लक्ष्यसहित उत्रने बताए।

 एनआरटीका अफिसियल सुरेन्द्रकुमार श्रेष्ठले पनि तयारी राम्रो भइरहेकाले उपाधि जित्ने बताए। आयोजक टोलीका रूपमा बागमती क्लबले खेल्दै छ। प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ।  

प्रकाशित: १० माघ २०८१ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App