७ माघ २०८१ सोमबार
image/svg+xml
खेल

यू–१९ महिला विश्वकप क्रिकेट: स्कटल्यान्डलाई नेपालले दियो ७४ रनको लक्ष्य

मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन जोडेको हो । 

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोड्दा सावित्री धामीले १० रन जोडिन । बलिङमा स्कटिस बलर माइसी मसेराले ५ विकेट लिइन । 

विश्वकपमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाली टोली बाङ्लादेशसँग ५ विकेटले पराजित भएको थियो । 

प्रकाशित: ७ माघ २०८१ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App