७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

बिबिसी भेट्रानलाई उपाधि

बिबिसी भेट्रानले मंगलबार दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको जितेको छ।

जावलाखेल मैदानमा भएको फाइनलमा बिबिसीले आयोजक कुसुन्ती ‘बी’ लाई २–० गोलले पराजित गर्‍यो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएका थिए। बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोस्रो गोल गरे।

उपाधिसँगै बिबीसीले २ लाख नगद पुरस्कार पायो भने कुसुन्ती ‘बी’ ले १ लाख नगदमा चित्त बुझायो। कुसुन्ती ‘बी’ का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बिबिसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए।

तीनैले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे। विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अर्को आयोजक ललितपुर महानगरपालिका वडा  १३ का अध्यक्ष गणेश केसी, आयोजक कुसुन्ती युवा क्लबका अध्यक्ष नीरज खड्का लगायतले पुरस्कृत गरे। पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो।

प्रकाशित: २ माघ २०८१ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App