२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सर्लाहीमा भारतीय नम्बरका तीन सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते

सर्लाहीमा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन्।

बुधबार राति ८ बजेको समयमा ईश्वरपुर नगरपालिका वडा नम्बर १३ स्थित बाके-संग्रामपुर सडक खण्डमा तीन वटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हरिपुर्वा नपा ९ मिर्चैयाका ३५ वर्षीय मुकेश राय र ३० वर्षीय राम ज्ञान रायको ज्यान गएको हो।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। बाके सडकमा बिआर ३० एआर ३४५८, बिआर ३० एपि ३८०९ र एच पि ५५ सि ०६२३ भारतीय नम्बरको तीनवटै मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थाम प्रहरीले फेला पारेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई प्रहरीले उद्धार एम्बुसेन्समा राखेर लालबन्दीस्थित मोडल अस्पतालतर्फ उपचारका लागि पठाएको थियो। दुर्घटनामा समान्य घाइते भएका हरिपुर्वा नपा ९ का २२ का बिक्रम राय र वर्ष ४२ का राम बिश्वास रायको खुट्टामा सामान्य चोट लागेर घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका दुवै जनालाई इप्रका केशरगंजको नियन्त्रणमा रहेको डिएसपी सरोज राईले बताए। मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको उनले बताए।

प्रकाशित: ७ फाल्गुन २०८२ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App