जय ट्रफी मेन्स एलाइट कपको पाँचौँ खेलमा त्रिभुवन आर्मी क्लबले २२५ रन जोडेर आफ्नो पहिलो इनिङ समाप्तिको घोषणा गरेको छ । शनिवार वीरगन्जमा जारी मधेस प्रदेशसँगको खेलमा आर्मीले ९ विकेटको क्षतिमा २२५ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको हो ।
आर्मीका तर्फबाट भीम सार्की र बासिर अहमदले अर्धशतकीय इनिङ खेलेका छन् । बासिरले ६७ रन जोड्दा भीमले ५२ रनको योगदान दिए । यस्तै ओपनर इमरान शेखले ४२ रनको योगदान दिए ।
मधेसका तर्फबाट बलिङमा रञ्जित कुमारले ५, प्रदीप पासवानले २, अभिशेख तिवारी र हरिशंकर शाहले एकएक विकेट लिए ।
अब मधेसले आफ्नो पहिलो इनिङ सुरु गर्नेछ ।
प्रकाशित: २७ पुस २०८१ १४:०० शनिबार