२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

सिरहा र सप्तरीमा जनकपुर बोल्ट्सले मनायो विजय उत्सव

नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता जनकपुर बोल्ट्सले सोमबार सिरहा र सप्तरीमा विजय उत्सव मनाएको छ।

बोल्ट्सले सिरहा बजारमा परिक्रमा गरी विजय उत्सव मनाएको हो। बोल्ट्सका खेलाडीहरूको स्वागत सिराहाको प्रवेशद्वार बन्दीपुरमा गरिएको थियो । त्यहाँबाट सिरहा नगरपालिका प्रवेश गर्दा द्वारमै हजारौँ समर्थकले स्वागत गरेका थिए। बोल्ट्सका खेलाडीहरू सहभागी रहेको रयाली नगर परिक्रमा गर्दा हजारौँ समर्थकहरू थिए ।

त्यसपछि खेलाडीहरू हुलाकी सडक हुँदै सप्तरीको राजविराज पुगेको थियो। गणेशपुर चोकमा दीपेन्द्र यादवको अगुवाइमा खेल प्रेमीहरूले बोल्ट्सका खेलाडीलाई स्वागत गरेका थिए । त्यसपछि राजविराजमा खेलाडीहरूलाई भव्य स्वागत गरिएको छ ।

यसअघि शुक्रबार जनकपुर बोल्ट्सका खेलाडीहरुलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो ।

प्रकाशित: १५ पुस २०८१ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App