१६ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

अर्सनालाई तेस्रो स्वर्ण

वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको गर्ल्स सिंगल्समा शनिबार स्वर्ण जितेकी छन्।

ललितपुर महानगरपालिका वडा–९ द्वारा आयोजित प्रतियोगितामा अर्सनाको यो तेस्रो स्वर्ण हो। यसअघि अर्सनाले यु–१२ गल्र्स सिंगल्स र गर्ल्स टिम इभेन्टमा स्वर्ण जितेकी थिइन्। पाटनको गः छेंः मा भएको फाइनलमा अर्सनाले वडा–१२ की रोनिशा महर्जनलाई १३–११, ११–५ र ११–८ ले सोझो सेटमा पराजित गरिन्।

वडा–८ की सुरम्य शाक्य र वडा–१७ की अर्पिता महर्जन तेस्रो भए। यु–१६ गर्ल्समा सिंगल्समा वडा १६ की साइरा शाक्य र यु–१२ बोइज सिंगल्समा सोही वडाका स्वर्णिम शाक्य पहिलो भए। गर्ल्स फाइनलमा साइराले वडा–१९ की एमरिन महर्जनलाई ११–७, ११–६ र ११–७ को सोझो सेटमा हराइन्। वडा–८ की सुरम्य शाक्य र वडा–१२ की इशान्वी महर्जन तेस्रो भए।

स्वर्णिमले बोइजको प्रतिस्पर्धात्मक फाइनलमा आफ्नै वडाका रिभानमुनि वज्राचार्यलाई ११–९, ११–१३, ११–८, ११–१३ र ११–७ को सेटमा हराउँदै पहिलो भए। वडा ११ का निर्भिक शाक्य र वडा–१८ का सुभान खड्का तेस्रो बने। भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १३ का पूर्णशंकर श्रेष्ठ पहिलो भए। उनले फाइनलमा वडा–१० का आनन्द धाक्वालाई ११–९, ५–११, ११–७, ८–११ र ११–९ को सेटमा पन्छाए।

वडा–३ का किरणकुमार विष्ट र वडा १९ का जगदीश्वरप्रसाद जोशीले तेस्रो स्थानमा चित्त बुझाए। यसअघि वडा ५ की ममतासिंह राजभण्डारीले भेट्रान ४० वर्षमाथि महिला सिंगल्स, वडा ७ ले पुरुष टिम इभेन्ट र वडा २० ले पुरुष भेट्रान टिम इभेन्टमा पहिलो स्थान हात पारेका थिए।

प्रकाशित: १४ पुस २०८१ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App