भारतले यू–१९ महिला एसिया कपको उपाधि जितेको छ। आइतबार मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले जित निकालेको हो।
बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो। भारतले २० ओभरमा सात विकेट गुमाउँदै ११८ रनको लक्ष्य दिएको थियो। भारतका ओपनर गोंगडी त्रिशाले सर्वाधिक ५२ रन बनाइन्। बंगलादेशका फरजाना आस्मिनले ४ विकेट लिइन्।
११८ रनको लक्ष्य पछ्याएको बंगलादेश १८ दशमलव ३ ओभरमा ७६ रनमा अलआउट भयो। बंगलादेशका लागि जौरिया फिरदौसले २२ रन बनाइन्। अन्य नौ ब्याट्सम्यान दोहोरो अंक जोड्न सकेनन्। भारतका लागि आयुषी शुक्लाले ३ विकेट लिइन्।
प्रकाशित: ७ पुस २०८१ १३:२६ आइतबार