७ पुस २०८१ आइतबार
image/svg+xml
खेल

थपिँदै म्यानचेस्टर सिटीमाथि दबाब

एस्टन भिल्लाले संकटग्रस्त म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगमा शनिबार २–१ ले हराउँदा उसका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलालाई थप पीडा थपिदिएको छ।

जोन डुरानले घरेलु टोली भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए। ६५औं मिनेटमा मोर्गन रोजर्सले भिल्लाको अग्रता दोब्बर बनाए। फिल फोडेनले सिजनको आफ्नो पहिलो लिग गोल गरे पनि टोलीका लागि पर्याप्त भएन। पछिल्लो समय ग्वार्डिओला आफ्नो करियरको सबैभन्दा खराब दौडमा छन्। उनको टोलीले पछिल्ला १२ खेलमा नौ हार बेहोरेको छ। अघिल्लो दिन मात्रै उनले छिट्टै सुखद दिन आउने संकेत थिए। तर, त्यसको एक दिनपछि नै उनको टोलीले अर्काे स्तब्धपूर्ण नतिजा सामना गर्नुपरेको हो। यो जितसँगै उनाई एमरीको भिल्ला लिग अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। भिल्लाले १७ खेलबाट २७ अंक पुर्‍याएको छ। भिल्लाभन्दा एक अंक कम रहेको सिटी छैटौं स्थानमा झरेको छ। गत हप्ता म्यानचेस्टर डर्बीमा ४–३ को हार बेहोरेको टोलीमा ग्वार्डिओलाले ६ परिवर्तन गरेका थिए। गोलकिपर स्टेफन ओर्टेगालाई खेलाएका थिए। रिको लुइस, जोन स्टोन्स र म्यानुअल अकान्जीसँगै उनले आफ्नो डिफेन्सलाई नयाँ आकार दिएका थिए। माटेओ कोभासिस र ज्याक ग्रेलिस पनि टोलीमा फर्किएका थिए।

तर, डिफेन्डिङ च्याम्पियन सिटीले आक्रामक सुरूआतको प्रयास गरे पनि सफलता पाउन सकेन। मोर्गन रोजर्सको पासमा डुरानले भिल्लाको खाता खोलेका थिए। सिजनको यो उनको सातौं लिग गोल हो। दोस्रो हाफको २० मिनेटपछि भिल्लाले अग्रता दोब्बर बनायो। जोन म्याकगिनको पासमा रोजर्सले अर्काे गोल गरेका हुन्। सिटीले खेलमा थोरै अवसर सिर्जना गरेको थियो। प्राप्त अवसर सदुपयोग गर्दै खेलमा फर्कने प्रयास गरे पनि फोडेनले गरेको गोल सान्त्वनाबाहेक केही भएन। म्यानचेस्टरले अर्को खेल आउँदो बिहीबार एभर्टनसँग खेल्नेछ। एपी

 

प्रकाशित: ७ पुस २०८१ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App