१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

पोखरा एभेन्जर्सका ब्याटर भन्छन्: स्वदेशी खेलाडीले रन बनाउन नसक्दा हार्‍याैं

पोखरा एभेन्जर्सका ब्याटर दिलिप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा काठमाडौं गुर्खाजसँग पराजित हुनुपरेको बताएका छन्।

उनका अनुसार कुनै पनि स्वदेशी खेलाडीले ठूलो स्कोर बनाउन सकेको भए टोलीको आत्मविश्वास बढेर यो स्थितिमा पुग्ने थिएन्। बिहानको कन्डिसनमा ब्याटिङ गर्न सहज नहुने र योगफल थोरै बढाउन सकेको भएपनि नतिजा फरक हुने उनको भनाई छ।

दिलिपले पिचमा सुधार भएको तर आफूले पनि राम्रो फिनिस गर्न नसकेको स्वीकार गरे। उनले लिगको अन्तिम खेलमा जित निकाल्ने अवसर रहेको र त्यसमा राम्रो हुने आशा व्यक्त गरेका छन्।  

अर्कोतर्फ, काठमाडौं गुर्खाजका जेरार्ड इरासमसले प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ पिचमा खेल्न विदेशी खेलाडीहरूलाई सहज नभए पनि अहिले लयमा आएको बताए।  

विदेशी खेलाडी नचल्दा ब्याटिङमा समस्या भएको उल्लेख गर्दै उनले पोखराविरुद्ध सामान्य लक्ष्य रहेको र राम्रो स्थिति नपुगेसम्म सम्हालिएर खेलेको बताए।

आज बिहान भएको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको थियो।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ।

प्रकाशित: २९ मंसिर २०८१ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App