नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार (आज)को पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जिते फिल्डिङको निर्णय लिएका हुन्। दुवै टोली प्ले अफको सम्भावनालाई कायम राख्न जित्नै पर्ने दबाबसहित मैदान ओर्लिएका हुन्।
करण केसीको कप्तानीमा काठमाडौंको टोलीमा भीम सार्की, साहब आलम, राजु रिजाल, रसिद खान, दिपेश कँडेल, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, जेरार्ड इरास्मस, नाथन स्वेटर मैदानमा छन्।
यता, कुशल भुर्तेलको कप्तानीमा पोखराका नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, सागर ढकाल, आकाश चन्द, माइकल लिस्क, रेमोन रिफर, आर्कषित गोमिल, अन्द्रेस गौस , दीनेश खरेल ब्याटिङ क्रिजमा छन्।
दुवै टोलीका लागि आजको खेल छैटौं हो।
दुवैले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेका छन्। दुवै टोली ४ अङ्कका साथ तालिकाको छैटौँ र सातौँ स्थानमा छन्। काठमाण्डौं पोखराभन्दा एक स्थान अगाडि छ।
प्रकाशित: २९ मंसिर २०८१ ०९:०८ शनिबार





