१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एनपीएल: आज पनि दुई खेल हुँदै, पहिलो खेलमा पोखरा र काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा शनिबार (आज) पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज आमने सामने हुदैछन्। खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९ बजे हुनेछ। दुवै टोलीका लागि आजको खेल छैटौं हो।  

दुवैले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेका छन्। दुवै टोली ४ अङ्कका साथ तालिकाको  छैटौँ र सातौँ स्थानमा छन्। काठमाण्डौं पोखराभन्दा एक स्थान अगाडि छ।  

प्लेअफ सम्भावनालाई जीवित राख्न दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण हुनेछ।

त्यस्तै आज हुने दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ। तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण हुनेछ। उसको यो अन्तिम खेल हो।

यो खेलमा चितवन पराजित भए थप एक खेल बाँकी हुने टिम काठमाडौं र पोखरामध्येको एकलाई फाइदा पुग्नेछ।    

प्रकाशित: २९ मंसिर २०८१ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App