४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी एक जितमा सीमित

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णालीले सोमबार सदूरपश्चिम रोएल्ससँग खेल्नेछ । 

हारपछि लुम्बिनी भने एक जितमा सीमित भयो । लिग चरणका ७ खेलमा उसले चितवन राइनोजलाई मात्र पराजित गर्न सक्यो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । उसका लागि टम मुर्सले ३६ र सन्दीप जोराले २४ रनको योगदान गरे ।  

जिसन मक्सुले २ विकेट लिएपनि कर्णालीको हार भने टार्न सकेनन् ।  

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको थियो । उसका लागि विलिएम बोसिष्टोले सर्वाधिक ४४ रन बनाए । अर्जुन घर्तीले २५ रन जोड्दा बाबर हायात २० रनमा आउट भए । बिकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए ।  

लिगमा शुक्रबार नै चितवन राइनोज र विराटनगर किङ्सबीच खेल हुनेछ । 

प्रकाशित: २८ मंसिर २०८१ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App