२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

मलेसियामा हुने एसिसी यू-१९ महिला एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीवार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । शनिबार सुरु हुने प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व पूजा महतोले गर्नेछिन् ।

पहिलो पटक आयोजना हुन लागेको यू-१९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘बी’ मा रहेको छ ।  

नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग पुस १ गते सोमबार र भारतसँग पुस २ गत मंगलबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया छन् ।  

एसियाबाट यू-१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यू-१९ महिला विश्वकप आगामी वर्षको जनवरीमा मलेसियामा हुँदैछ । विश्वकपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा परेको छ ।  

प्रकाशित: २७ मंसिर २०८१ २०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App