२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

एनपीएल: पोखरा र विराटनगरको खेल सुपरओभरमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा गएको छ।

दुवै टोलीले २० ओभरमा १३९/१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो। जारी एनपिएलमा पहिलो पटक सुपर ओभरले खेलको नतिजा निर्धारण हुने छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको थियो। १४० रनको लक्ष्यसहित मैदानमा उत्रिएको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

प्रकाशित: २७ मंसिर २०८१ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App