२२ पुस २०८१ सोमबार
image/svg+xml
खेल

एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले पहिलो हार बेहोरेको छ। सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार बेहोरेको हो। जनकपुर १२ ओभरमा जम्मा ५१ रनमै अलआउट भयो। 

यो सँगै जनकपुर सुदुरसँग ७२ रनले पराजित भएको हो।  

टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले १२ ओभरमै सवै विकेट गुमाएपछि ७२ रनमै रोकियो। 

सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए, स्कट कुगेलेइन,  सैफ जेव, र नरेन साउदले एक एक विकेटले लिए।

जनकपुरले अघिल्ला चार खेलमा निकालेको थियो।जितसँगै सुदूरपश्चिम नेट रनरेटका आधारमा जनकपुरलाई उछिन्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।  

प्रकाशित: २६ मंसिर २०८१ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App