४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एनपीएलः कर्णालीलाई पोखराले दियो १०४ रनको लक्ष्य, विलिएमले लिए ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमा अलआउट भयो । 

उसका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिज गोसले २५ रन बनाए । रेमन रेइफरले २० रन बनाउँदा क्याप्टेन कुशल भुर्तेल र र विपिन खत्री समान १० रनमा आउट भए ।  

आफ्नो स्पेलमा मात्र २८ रन खर्चेर अस्ट्रेलियन विलिएम बोसिष्टले ६ विकेट लिए । क्याप्टेन सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीको नाममा एकएक विकेट रह्यो ।  

जारी एनपीएलमा पोखराले तीन खेलमा एकमा जित निकालेको छ । कर्णालीले भने चारमा दुईमा जित र दुईमा हार भोगेको छ ।  

प्रकाशित: २५ मंसिर २०८१ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App