१२ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

एनपिएलः प्रतिशको कसिलो बलिङ, कर्णाली याक्स १३३ रनमा रोकियो

नेपाल प्रिमियर लिग(एनपिएल)को १३ औँ खेलमा कर्णाली याक्सले ब्याटर देव खनाल र विलियम वसिस्तोको अर्धशतकको मद्दतले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । प्रतिश जिसीको कसिलो बलिङसामु कर्णाली सस्तैमा रोकिएको हो । 

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । जसमा कणालीको पारी सुरुवाती ३ ओभरमै लडखडाएको थियो । सुरुवाती ३ ओभरमै विराटनगरका बलर कर्णाली याक्समाथि हाबी हुँदा भारतीय स्टार ब्याटर शिखर धवन ५ रन र अर्का ब्याटर चाडविक वाल्टन एक रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । 

त्यसपछि क्रिजमा आएका देव र विलियमले कर्णालीको पारीलाई सम्हालेर १०२ रनको शतकीय साझेदारी गरेका थिए । जसमा देवले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतले ५३ रन जोडेका थिए । 

यस्तै विलियमले ४९ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले ६६ रनको योगदान दिए । 

अन्तमा कर्णालीको पारी २० ओभरमा अलआउट हुँदै १३३ रनसम्म पुगेको थियो । 

कर्णालीलाई मध्यम स्कोरमा रोक्न विराटनगरका बलर प्रतिश जिसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । जसमा उनले फालेको २० औ ओभरमा ३ विकेट निकालेका थिए । यही ओभरमा एक जना ब्याटर रन आउट भए । जस कारण अन्तिम ओभर मेडन रह्यो । 

यस्तै क्रिस सोलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट, बसिर अहमदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट र अकिब लियासले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कप्तान सन्दीप लामिछाने भने ४ ओभरमा ३६ रन खर्चेर महंगो साबित भए । 

प्रकाशित: २२ मंसिर २०८१ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App