२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

दोस्रो कञ्चनजंघा गोल्डकपको फाइनलमा गोधुली

सुनसरीको गोधुली फुटबल क्लब धरान, ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा गोधुलीले तेह्रथुमको सन्दु फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। खेलको निर्धारित समयसम्म दुवै टोलीले ४–४ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरमा गरिएको थियो।

यसअघि, गोधुलीले प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली भारतको सिलगुढीस्थित कञ्चनजंघा फुटबल क्लबलाई २–० को सहज जित निकाल्दै सेमिफाइनल पुगेको थियो।

तेह्रथुमको सन्दुले भने पहिलो क्वार्टरफाइनलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई सडनडेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

अब गोधुलीले शनिबार हुने फाइनलमा बिहीबार खेलिने दोस्रो सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल न्यू स्टार क्लब बिर्तामोड झापा र रेड डेभिल्स फुटबल क्लब इलामबीच हुने तय छ।

न्यू स्टारले फिदिम स्पोर्टिङ क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने रेड डेभिल्स इलामले डाँगीहाट फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो।

प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १९ मंसिर २०८१ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App