२० माघ २०८२ मंगलबार
image/svg+xml
खेल

लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सका ओपनर लोकेश बमले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९२ रनको लक्ष्य पछ्यारहेको विराटनगरका लागि लोकेशले ३६ बलमा चार छक्का र दुई चौकाको मद्दतलेअर्धशतक पूरा गरे।

हाल उनलाई बसिर अहमदले क्रजमा साथ दिइरहेका छन्। उनले १४ बलको सामना गर्दै १९ रन बनाएर खेलिरहेका छन्।

खेलको १४ औं ओभर चलिरहँदा विराटनगर ४ विकेटको क्षतिमा १२६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १९ मंसिर २०८१ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App