३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टिम सुदूरपश्चिम रोयल्सले ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सुदूरपश्चिम रोयल्सका टिमका प्रतिनिधि र ग्लोवल आईएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकारी सुमन पेखरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस अवसरमा ग्लोवल आईएमई बैंकको अंकित जर्सी पनि सार्वजनिक गरिएको थियो।

सम्झौतापछि ग्लोवल आईएमई बैंकका डेपुटी सीईओ सुमन पेखरेलले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै खेलकुदलाई उच्चस्तरमा पुर्‍याउनका लागि बैंकले आफ्नो दायित्व निभाउने बताए।

सुदूरपश्चिम रोयल्समा कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन्।  

प्रकाशित: १५ मंसिर २०८१ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App