२५ चैत्र २०८१ सोमबार
image/svg+xml ७:१६ पूर्वाह्न
राजनीति

‘पूर्वराजासँग बयान लिउँ, ‘यो के गरेको’ भनेर सोधौँ’

<br>

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग राज्यले बयान लिनुपर्ने माग गरेका छन्। उनले राजावादी प्रदर्शनका घटनालाई लिएर ‘के गरेको’ भनेर सोधपुछ गर्नुपर्ने बताएका हुन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. भट्टराईले भने, “पूर्वराजाले आउँछु भन्न पाउँछन्, तर संविधानविपरीत अपारदर्शी हर्कत गर्नुहुँदैन। उनका समर्थकले मच्चाएको वितण्डा अपराध हो। राज्यले विधिपूर्वक बोलाएर ‘यो के गरेको’ भनेर सोध्नुपर्छ, बयान लिनुपर्छ।”

उनले ज्ञानेन्द्र साधारण नागरिकको हैसियतमा बस्न ठीक हुने तर राजाको दाबी गर्नु ठगी भएको टिप्पणी गरे।

उनले राजावादी शक्तिलाई पुरातनवादी प्रवृत्तिको संज्ञा दिँदै यस्ता गतिविधिले देशलाई पछाडि फर्काउन खोजेको बताए।

“चुनावमा राजावादीको हिस्सा तीन-चार प्रतिशतभन्दा बढी छैन। जनताको असन्तुष्टिको दुरुपयोग गरेर उनीहरू सफल हुने सम्भावना छैन। सरकारले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न कानुनी कारबाही गर्नुपर्छ,” उनले भने।

डा. भट्टराईले अग्रगामी शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्धितिर डोर्‍याउनुपर्नेमा जोड दिँदै असन्तुष्टिको समाधान पछाडि फर्केर नहुने बताए। “भोक लाग्यो भन्दै विष खानु ठीक होइन। राज्यले कानुनको दायरामा ल्याएर अगाडि बढ्नुपर्छ,” उनले थपे।

प्रकाशित: २० चैत्र २०८१ २१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App