अष्ट्रेलियाका चर्चित पौडी खेलाडी एम्मा म्याकेनले सन्यासको घोषणा गरेकी छिन्। साथै, उनले आगामी दिनमा नयाँ चुनौतीहरूको सामना गर्ने इच्छा व्यक्त गरिन्। सोमबार इन्स्टाग्राममा लेख्दै ३० वर्षीया म्याकेनले पेरिस ओलम्पिक खेल खेल्दा यसलाई आफ्नो अन्तिम ओलम्पिकको रूपमा हेरेको बताइन्।
म्याकेनले तीन ओलम्पिक खेलहरूमा ६ स्वर्णसहित १४ पदक जित्न सफल भइन्। उनले लेखेकी छिन्, ‘मेरो स्विमिङ (पौडी) करियरमा शारीरिक र मानसिक रूपमा मैले सबैथोक दिएकोमा गर्व गर्छु। मैले जे गर्न चाहन्थें, त्यो मैले पूरा गरें।’
उनले थप्दै भनेकी छिन्, ‘अब म जीवनमा अन्य तरिकाबाट थप कुराहरू प्राप्त गर्न कसरी जान सक्छु भनेर हेर्न उत्साहित छु।’ हालै सम्पन्न भएको पेरिस ओलम्पिकमा म्याकेनले तीन पदक जितेकी थिइन्, जुन उनका लागि एक महत्वपूर्ण उपलब्धि थियो। उनको सन्यासले विश्वको पौडी खेल क्षेत्रलाई ठूलो धक्का पुर्याएको टिप्पणी हुन थालेका छन्।
प्रकाशित: १० मंसिर २०८१ ०७:५९ सोमबार