नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) मा म्याच फिक्सिङ लगायतका घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्।
नक्सालमा सोमबार एनपिएलको बारेमा भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घण्टा निगरानी राख्ने बताए।साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने जानकारी दिए।
उनले एन्टी करप्सन युनिटलाई सशक्त बनाउन आफूहरूले प्राथमिकतामा राखेको स्पष्ट पारे।
प्रकाशित: २६ कार्तिक २०८१ १८:५६ सोमबार