२६ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

आईसीसी विश्वकप लिग २: अमेरिकाविरुद्ध दोस्रो खेलमा पनि नेपाल पराजित

फोटो क्यान

अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग दोस्रो खेलमा पनि पराजित भएको छ।

नेपाल अमेरिकासंग ३७ रनले पराजित भएको हो । यसअघि लिग २ को पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

अमेरिकाको डालस स्थीत ग्राण्ड पेरी क्रिकेट रंगशाला भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो।

जवाफमा नेपाल ४९.५ ओभरमा २४४ रनमा सबै विकेट गुमाउँदै ३७ रनले पराजित हुन पुगेको हो। नेपालका लागि सबै भन्दा वढि ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे।

त्यसैगरी नेपालले अर्का ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए।

सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि  नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन। दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए।

अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २/२ तथा जसदीप सिंह र हरमीत सिंहले १/१ विकेट लिए।

यस अघि पहिला व्याटिङ गरेको  अमेरिकाका लागि सबै भन्दा वढि साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए।

कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन बनाए।हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको योगदान दिए।

नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

अमेरिका भ्रमणमा रहेको नेपालले अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ।

नेपालले पहिलो खेलमा  स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो।

आजको हारसंगै नेपालल लिग २ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १२ खेलमा ८ मा जितसहित १६ अंक  बटुलेर तालिकाको शीर्षस्थानमा उक्लीएको छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

प्रकाशित: १८ कार्तिक २०८१ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App