२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतविरुद्धको पहिलो टेस्टमा न्युजिल्यान्डको मध्यम ब्याटिङ

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा न्युजिल्यान्डले मध्ययम ब्याटिङ गरेको छ । 

भारतलाई मात्र ४६ रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ थालेको पाहुना टोली न्युजिल्यान्डले दोस्रो दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १८० रन बनाएको छ । क्रिजमा रचिन रविन्द्र २२ र ड्यारिल मिचेल १४ रनमा छन् ।  

यसअघि डेभोन कोन्भे ९१, विल योङ ३३ र क्याप्टेन टम लाथम १५ रनमा आउट भए । रविचन्द्रन अश्विन, कुलदिप यादव र रविन्द्र जडेजाले समान १-१ विकेट लिएका छन् ।  

पहिलो दिनको खेल वर्षाले प्रभावित भएपछि दोस्रो दिन बिहीबार टस जितेर ब्याटिङ गरेको भारत मात्र ३१.२ ओभरमा ४६ रनमा अलआउट भएको थियो । रिसब पन्तले २० र यसस्वी जैशवालले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । विराट कोहली, सर्फराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विन शुन्य रनमा आउट भएका थिए ।  

भारतलाई सस्तैमा अलआउट गर्न म्याट हेन्रीले ५, विलियम ओरोउर्केले ४ र टिम साउथीले एक विकेट लिए । 

प्रकाशित: १ कार्तिक २०८१ १८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App