१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत भेटिए

गत असोज १८ गते मैवाखोला गाउँपालिका-२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका अर्का बालकको समेत शव भेटिएको छ।

बेपत्ता भएका ११ वर्षीय बालक सन्देश बराईलीको शव घटनास्थलबाट नजिकै सोही खोलाको ढुङ्गाको च्यापमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नतेले जानकारी दिए।

सन्देशसँगै बेपत्ता १२ वर्षीय आइतरानी शेर्पाको शव हराएको ११ दिन पछि (असोज २८ गते) भेटिएको थियो।

आइतरानी, उनका दाजु कुशुले शेर्पा र सन्देश मैवाखोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा आइतरानी र सन्देशलाई खोलाले बगाएको थियो। कुशुलेले भने पौडिएर ज्यान बचाएका थिए।

प्रकाशित: १ कार्तिक २०८१ २०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App