१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ।

गत असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनबाट ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट १० लाख, नेपाल प्रहरी श्रीमती सङ्घबाट पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो।

त्यस्तै, सोही दिन स्वर्ग पवित्रा सत्य सुन्दर समाजबाट तीन लाख, सिमोनबाट एक लाख ९३ हजार, सोनापुर टोल विकास संस्थाबाट १३ हजार तीन सय १५ सहयोग प्राप्त भएको सचिवालयले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८१ २१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App