२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आईसीसी महिला टी–२० विश्वकपमा बंगलादेश ८ विकेटले पराजित, वेस्ट इन्डिज शीर्ष स्थानमा उक्लियो

आईसीसी महिला टी–२० विश्वकपमा वेस्ट इन्डिजले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै वेस्ट इन्डिज ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। 

शीर्ष स्थानमा उक्लिएको वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने आशा पनि कायमै छ। युएईको सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेशले ८ विकेट गुमाएर १ सय ३ रन बनाउन सक्यो । 

जवाफमा वेस्ट इन्डिजले ४३ बल अघिनै  दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। वेस्ट इन्डिजको तीन खेलमा यो दोस्रो जित हो। समूह बी को दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको पनि समान चार अंक नै छ। 

इङल्यान्ड चार अंक नै बनाएर तेस्रो स्थानमा छ। तर उसले एक खेल कम खेलेको छ। प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन्। 

प्रकाशित: २५ आश्विन २०८१ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App